ग्वान्जाओको महावाणिज्यदूत भरत खनाल

सरकारकाले तीन देशका महावाणिज्यदूत नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कलकत्ता बेइजिङ, ग्वान्जाओ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको हो ।

ग्जान्जाओको महावाणिज्यदूतमा सहसचिव भरत खनाल नियुक्त भएका छन् भने सह सचिव लक्ष्मी निरौलालाई ल्हासा र सह सचिव झक्कप्रसाद आचार्य कलकत्ताको महावाणिज्यदूतमा पठाउने निर्णय भएको छ । बेइजिङको हकमा भने मन्त्रिपरिषद् आउन नपर्ने भएकोले परराष्ट्र मन्त्रालयबाट नै सिधै पोष्टिङ गर्नेछ ।

गत साउन ३१ गते सरकारले सिन्धुलीको प्रमुख जिल्ला अधिकारी भरत खनाल सहित सह सचिवहरू झक्क प्रसाद आचार्य, लक्ष्मी प्रसाद निरौला र विन्देश्वर प्रसाद लेखकलाई परराष्ट्र मन्त्रालय पठाउने निर्णय गरेको थियो । जसमध्ये तीन जनालाई बिहीबार  पोष्टिङ गर्ने निर्णय गरेको हो । यससँगै लेखकको हकमा तत्काललाई बेइजिङ मात्रै बाँकी रहेकोले परराष्ट्रबाट नै त्यहाँ पठाउन सक्ने बुझिएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर