चर्चित भगवत् वाचिका ‘देवी प्रतिभा’ लाई गृह नगरमा सम्मान गरिने

काभ्रे । काभ्रेको मण्डनदेउपुर -१० मा जन्मनुभएकी चर्चित भगवत् वाचिका प्रतिभा पराजुली अर्थात देवी प्रतिभा गृह नगरमा सम्मान गरिने भएको छ।
आइतबार मण्डनदेउपुर नगरपालिका-५ ब्रम्हायणी मन्दिर परिसरमा दिउसो १ बजे र नगर सभा हलमा ३ बजे सम्मान कार्यक्रम राखेको छ ।
प्रतिभालाई गृह नगर मण्डनदेउपुरमा समेत भव्य स्वागत गरिने भएको छ । विदेशमा समेत ख्यातीप्राप्त कथा वाचक हुन् । भारतका हजारौं प्रवचकहरु मध्ये उनी उत्कृष्ट तीन बाचिकाहरुमा पर्छिन् ।
कथा वाचिका देवी प्रतिभा आज पनौती आउँदै छिन् । काभ्रे सेवा समाजले पनौती त्रिवेणीधाममा अभिनन्दन कार्यक्रम राखेको छ । दिउसो ३ बजे अभिनन्दन कार्यक्रम आयोजना गरिएको काभ्रे सेवा समाजले जनाएको छ ।
साधारण शिक्षा उनले बनेपाको पञ्चकुमारी स्कुलबाट लिएकी थिइन् भने गाउँकै नवप्रतिभा स्कुलमा केहि समय अध्ययन गरिन् । तर पछिल्लो एकदशकदेखि उनी भारतको वृन्दावनमा अध्ययनकै शिलशिलामा पुगिन् र उतैबाट यस क्षेत्रमा प्रवेश गरिन् ।
हालसम्म उनले सयौं ठाउँमा प्रवचन दिइसकेकी छिन् । सुरक्षाकर्मी, भजनमण्डली लगायत उनको ५० जनाको टिम छ । उनी अहिले २३ वर्षकी भइन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया