देवकोटाले अनाथ बालबालिकासँग मनाए, आफ्नो जन्मोत्सव !

सिन्धुली । कमलामाई नगरपालिका–५ का समाजसेवी केदार प्रसाद देवकोटाले आफ्नो ४८ औँ जन्मोत्सव अनाथ बालबालिकासँग मनाएका छन्।

कमला जनज्योति मावि सिलामेमा आवासीय रूपमा अध्ययन गरिरहेका ३४ जना अनाथ विद्यार्थीहरूलाई खाद्यान्न तथा स्टेशनरी सहयोग गरेर आफ्नो जन्मदिन मनाएका हुन् ।

पुण्य कर्म गर्‍यो भने त्यही नै धर्म हुन्छ भन्ने मनोभावका साथ अनाथ विद्यार्थीहरूलाई जन्मदिनको अवसरमा सानो सहयोग गरेको देवकोटाले बताए ।

देवकोटाले भने, “विद्यार्थीहरूलाई सहयोग सदैव रहने भए पनि जन्मदिनमा अन्यत्र फजुल खर्च गर्नुभन्दा सहारा विहीन विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको छु ।” उनले जन्मदिनमा फजुल खर्च गर्नेहरूलाई सामाजिक काममा त्यस्तो रकम खर्च गर्न आग्रह समेत गरे । देवकोटा पेशागत हिसाबले नेपाली सेनाबाट अवकाशप्राप्त हुन। उनी नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाका उपमन्त्री, नेकपा एमाले जिल्ला कमिटी सदस्य र भूतपूर्व सैनिक सङ्गठनको जिल्ला सचिव समेत रहेका छन् ।

आफ्नो जन्मदिन मनाउन स–परिवार विद्यालय पुगेका देवकोटालाई विद्यार्थीहरू तथा विद्यालयका निवर्तमान अध्यक्ष भक्त नारायण श्रेष्ठ, शिक्षकहरू नन्दलाल श्रेष्ठ, पूर्व अध्यक्ष विजयलाल श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।

३४ जना अनाथ विद्यार्थीहरूलाई आवासीय रूपमा राखिरहेको विद्यालयले थुप्रै सामाजिक अभियन्ता तथा सङ्घ, संस्थाहरूबाट प्राप्त नगद तथा जिन्सी सहयोगबाट विद्यार्थीहरूको दैनिक जीवनलाई सहज बनाउँदै आइरहेको छ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर