सिन्धुलीका पाँच हजार विद्यार्थी एसइईमा सहभागी

माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सिन्धुलीका ५ हजार ३ सय १५ जना विद्यार्थीहरु साहभागी हुनेभएका छन । महिला २ हजार ८ सय १५ र पुरुष २ हजार ५ सय गरी जम्मा ५ हजार ३ सय १५ जना विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका सुचना अधिकृत दुर्गा बहादुर भुजेलले जानकारी दिए।
नियमित साधारण तर्फका ५ हजार १ सय ४६ जना,प्राविधिक तर्फका १ सय ६९ जना र ग्रेड बृद्धि तर्फका २६ जना परिक्षार्थी सहभागी हुनेछन्।
सिन्धुलीका १ सय ४५माध्यामिक तहका विद्यालय मध्ये १ सय २३ सामुदायिक विद्यालय, २२ सँस्थागत विद्यालय र ६प्राविधिक धारका विद्यालयहरुबाट विद्यार्थी परिक्षामा सामेल हुनेछन्।
सामुदायिक विद्यालयबाट ४ हजार ७ सय ५६ जना विद्यार्थी एसइईमा सामेल हुँदैछन । जसमा २ हजार ५ सय ८० जना महिला र २ हजार १ सय ७६ जना पुरुष छन् । त्यस्तै संस्थागत विद्यालयबाट ५ सय ५९ जना विद्यार्थी सामेल हुने विद्यार्थीहरुमा ३ सय २४ जना पुरुष र २ सय ३५ जना महिला रहेका छन् ।
यसैबिच माध्यामिक शिक्षा परीक्षा (एसइई) को लागि २५ वटा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई सुचना अधिकृत भुजेलले जानकारी दिए। उनको अनुसार कमलामाई नगरपालिकामा ६,दुधौली नगरपालिकामा ५, तिनपाटन गाउँपालिकामा ३, फिक्कल गाउँपालिकामा २ परिक्षा केन्द्र तोकिएको छ ।
त्यसैगरी गोलन्जोर गाउँपालिकामा २, सुनकोशी गाउँपालिकामा २,घ्याङलेख गाउँपालिकामा १, हरिहरपुरगढी गाउँपालिकामा २, र मरिण गाउँपालिकामा २ परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले जनाएको छ । ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया