ग्रामीण शिक्षा प्रवर्द्धनमा हेफरको योगदान: ३३ बालिकालाई छात्रवृत्ति वितरण

सिन्धुली ।  हेफर इन्टरनेशनल नेपालले सिन्धुलीको कमलामाई नगरपालिका–५ स्थित जनज्योति माध्यमिक विद्यालय, फोस्रेटारका ३३ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ। छात्रवृत्ति अन्तर्गत अध्ययनमा उपयोगी २–इन–१ एजुकेसन झोला (झोला र डेस्क दुवैको काम गर्ने) बालिकाहरूलाई हस्तान्तरण गरिएको हो।

यस कार्यक्रम ‘बालिका शिक्षा परियोजना (GCI)’ अन्तर्गत सञ्चालन गरिएको हो, जसको उद्देश्य ग्रामीण क्षेत्रका आर्थिक रूपले पछाडि परेका बालिकाहरूलाई शिक्षामा जोड्नु हो।

विद्यालयका प्रधानाध्यापकले हेफर इन्टरनेशनलले शिक्षा क्षेत्रमा गरेको योगदानप्रति आभार व्यक्त गर्दै, यसले बालिकाको भविष्य निर्माणमा “ईट्टाको काम गरेको” बताए। साथै, उनले हेफरको कोरिया- नेपाल मोडल डेरी भिलेजकार्यक्रमले समुदायको आयआर्जनमा समेत टेवा पुगेको उल्लेख गरे।

छात्रवृत्ति वितरण कार्यक्रममा सहभागी हुन विशेष रूपमा नेपाल आएकी हेफर कोरियाकी निर्देशक हेवन लीले खुशी व्यक्त गर्दै भनिन्, “सन् २००० मा सुरु गरिएको यो परियोजनामा पछि हेफर कोरिया पनि जोडियो र अहिले पनि निरन्तर सहयोग गरिरहेको छ।”

बालिका शिक्षा परियोजनाले बालविवाह र बाल श्रम रोक्न तथा लैङ्गिक समानता प्रवर्द्धन गर्न गाउँ–गाउँका समुदायहरूमा सचेतना र सहकार्य गर्दै आएको छ।

हेफर नेपालका अनुसार, स्थापना कालदेखि हालसम्म देशभरका विभिन्न जिल्लाहरूमा कक्षा १ देखि १० सम्म अध्ययनरत २,८०० भन्दा बढी बालिकाले यो परियोजनाबाट प्रत्यक्ष लाभ प्राप्त गरिसकेका छन्। यस वर्ष मात्र २५ वटा नगरपालिकाका २०८ बालिकाले छात्रवृत्ति पाएका छन्।

छात्रवृत्तिमा विद्यालय पोशाक, जुत्ता, झोला, स्टेशनरीलगायत शैक्षिक सामग्रीहरू समावेश छन्।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर