कमलामाईमा हिट अलर्ट! ३ दिनका लागि स्कुल बन्द
 तस्बिरः उद्धव कुमार श्रेष्ठ
 															
									तस्बिरः उद्धव कुमार श्रेष्ठ								
													सिन्धुलीमाढी, २७ जेठ । अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न थालेपछि सिन्धुलीको कमलामाई नगरपालिकाभित्रका सबै विद्यालयहरू तीन दिनका लागि बन्द गरिएका छन्।  नगरपालिकाले जेठ २८ गतेदेखि ३० गतेसम्म विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको हो।
मेयर उपेन्द्र कुमार पोखरेलका अनुसार, बढ्दो तापक्रमका कारण पठनपाठनमा बाधा पुग्नुका साथै बालबालिकाको स्वास्थ्य जोखिममा परेको देखिएपछि यस्तो निर्णय लिइएको हो। यो छुट्टी वर्षे बिदाबाट कट्टी गरिने जनाएको छ।
भीषण गर्मीका कारण बालबालिकामा वान्ता, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिन थालेपछि अभिभावकहरूको माग समेत बढेको थियो। सोही अनुरूप मङ्गलवार सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले सबै सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
चिकित्सकहरूले ‘लु’ (तातो हावा) को असर झनै बढ्दै गएको भन्दै दिउँसोको समयमा घरबाहिर ननिस्कन, बालबालिकालाई प्रशस्त पानी पिउन लगाउन र चिसो वातावरणमा राख्न सुझाव दिएका छन्।
नगरपालिकाले मौसम अनुकूल भए लगत्तै विद्यालय पुनः सञ्चालनमा ल्याउन तयार रहन विद्यालयहरूलाई आग्रह समेत गरेको छ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
								
 © माईशिर डटकम
							

 यो साता चर्चामा :
                                यो साता चर्चामा :
                            
 
 											 
 											 
 											 
 											 
 											 
  
  
  
  
  
  
  
 
फेसबुक प्रतिक्रिया