आदिवासी जनजाति युवा महासंघको केन्द्रीय अध्यक्षमा सिन्धुलीका श्रेष्ठ निर्वाचित

सिन्धुली । ओखलढुङ्गामा सम्पन्न आदिवासी जनजाति युवा महासंघको छैठौं संघीय महाधिवेशनबाट सिन्धुलीका किरण श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी मानबहादुर सुनुवार र मन्जु थापा मगरलाई हराउँदै श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् ।
श्रेष्ठले ६९, सुनुवारले ४९ र थापामगरले ३९ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा सुभ लाल राई, सङ्घीय उपाध्यक्षमा मनराज गुरुङ, महिला उपाध्यक्षमा सुप्रिया राई र सुचिउन्मुख उपाध्यक्षमा देव बाहिङ विजयी भएका छन् ।
महासंघको महासचिवमा घम्बा तामाङ, उपमहासचिवमा सुवास मोक्तान र कोषाध्यक्षमा रब्बा शेर्पा विजयी भएका छन् । यसैगरी महाधिवेशन बाट सात वटै प्रदेशमा सात जना सचिव निर्वाचित भएका छन् ।
सचिव १ मा टार्जन सुनुवार, २ मा जितेन्द्र सुमार सिं, ३ मा योगेश मोक्तान, ४ मा रेखा लोप्चन तामाङ, ५ मा अर्जुन गुरुङ, ६ मा पेमा वाङ्मो लामा र ७ मा तुलबहादुर थापा मगर निर्वाचित भएका छन् ।
जिएस गुरुङको अध्यक्षतामा सम्पन्न भएको निर्वाचन बाट ३० जना सङ्घीय सदस्य निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आदिवासी जनजाति समुदायको हक अधिकार सुनिश्चित गर्न, युवाहरूको क्षमताको विकास गर्न तथा नीति निर्माण तहमा पहुँच विस्तार गर्ने योजनासहित कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पदाधिकारी छनौटमा सहमति हुन नसकेपछि मतदान प्रक्रिया मार्फत कार्य समिति छनौट गरिएको हो । शनिवार ओखलढुङ्गा सदरमुकाम स्थित जिल्ला समन्वय समितिको सभा हलमा रक्षा मन्त्री मानवीर राईले महासंघको छैठौं महाधिवेशन उद्घाटन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया