मिलीजुली सहकारी संस्थाको १ करोड नाफा 

सिन्धुली । मिलीजुली बचत तथा ऋण सहकारी संस्थाले करिब १ करोडको नाफामा गरेको छ ।
 सिन्धुलीमाढीमा शुक्रवार सम्पन्न  संस्थाको २२ औ वार्षिक साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०/ ०८१ मा ९९ लाख ८१ हजार ६ सय २५ रुपैयाँ ८० पैसा नाफा भएको जनाएको छ ।
६ हजार २ सय ५९ जना शेयर सदस्यहरूबाट २ करोड १० लाख १४ हजार २ सय शेयर पुजी रहेको संस्थाको कुल कारोबार ३७ करोड ४० लाख ६७ हजार ६ सय ९३ पैसा रहेको थियो ।
त्यसैगरि कार्यक्रममा उत्कृष्ट मासिक बचत कर्ता, दैनिक बचत कर्ता, बाल बचत कर्ता, उत्कृष्ट कर्मचारी, ज्येष्ठ नागरिक, संस्थाको सदस्य वृद्धि गर्न योगदान गर्ने एक जना सदस्यलाई  सम्मान गरिएको थियो ।
साथै, संस्थामा आबद्ध सदस्यहरूका छोराछोरी मध्ये उत्कृष्ट विद्यार्थीलाई छात्रवृद्धि स्वरूप शैक्षिक सामग्रीहरू प्रदान गरिएको थियो ।
सहकारी संस्थाद्वारा आयोजित अन्तर माध्यमिक स्तरीय “समुदायमा सहकारीको महत्त्व” विषयमा सञ्चालित निबन्ध प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने ३ जना विद्यार्थीलाई क्रमशः  ३ हजार, २ हजार र १ हजार नगद सहित प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्थाका अध्यक्ष ढकालले सबैका लागी एक र एकका लागी सबै भन्ने सहकारीको विश्वव्यापी मान्यतालाई आत्मसाथ गरी संस्थाले आफ्ना शेयर धनी सदस्यहरूलाई छिटो छरितो एवं स्तरीय सेवा सुविधा दिन हरदम प्रयासरत रहेको बताए ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष ढकालले र आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक नवीन कार्कीले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष उज्ज्वल ढकालको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष ऋषिराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर