सिन्धुलीका भुपाल बराल सचिवमा बढुवा

सिन्धुली, १३ जेठ । भुपाल बराल सचिवमा बढुवा भएका छन् । सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले उनको बढुवा गरेको हो।
सरकारी प्रशासनमा लामो सेवा पुर्याएका सिन्धुलीको कमलामाई नगरपालिका -१३ रानी वासका बराल खरीदार, नायब सुब्बा, शाखा अधिकृत हुँदै यसअघि सहसचिव पदमा कार्यरत थिए।
*यसअघि भूलबस बराल पहिलो भएकोमा सच्याइएको छ। यसअघि तत्कालीन सितलपटी गाउँविकास समिति ( हाल: सुनकोशी गाउँपालिका-६ खाल्टे) का बालकृष्ण प्रसाई र मोहनबहाुर कार्की सचिव बनेका थिए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया