गोलन्जोरका महिला स्वास्थ्य स्वयंसेविकालाई आधारभूत आँखा स्वास्थ्य तालीम सुरु

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाको लागि आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम सुरु भएको छ ।

भिजन फर दी वर्ल्ड, दिदी फाउन्डेसन  र सुनकोशी सामुदायिक अस्पतालको आयोजनामा भएको तालिममा गाउँपालिकामा कार्यरत २१ जना महिला स्वास्थ्य स्वसेविकाहरू सहभागी रहेका छन् ।

ग्रामीण तहमा रहेका आँखा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै आँखाको परीक्षण तथा उपचारका लागी प्रेरित गर्न तालिम आयोजना गरिएको दिदी फाउन्डेसनका को-फाउन्डर दीपक अछामी जानकारी दिए । उनले पुरानो उपचार शैली परिमार्जित गर्दै नयाँ उपचार पद्धति अपनाई अन्धोपन निवारण गर्नको लागि तालिमको आयोजना गरेको बताए ।

बिहीबार देखि खुर्कोटमा सुरु भएको तालिममा गाउँपालिका प्रत्येक वडाबाट ३ महिला स्वयंसेविकाहरू सहभागिता रहेको र खान बस्नको लागि सुनकोशी सामुदायिक अस्पतालले व्यवस्था गरेको रेडक्रस उपशाखा ग्वाल्टारका सभापति गौरव कार्कीले जानकारी दिए । साथै तालिम भोलीसम्म चल्ने पनि उनले बताए।

तालिम सिन्धुलीमा उपयुक्त भएको र प्रभावकारी पनि हुने भएकाले तालिम आयोजना गरेको भन्दै  गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने ( पुकार ) ले खुसी व्यक्त गरे । उक्त तालिमले स्वास्थ्य स्वयंसेविकाहरूको क्षमताको विकासको साथै समुदायमा सचेतना बिस्तारमा कोशे ढुङ्गा साबित भएको बताउँदै उनले दिदी फाउन्डेसन र सुनकोशी सामुदायिक अस्पताललाई धन्यवाद समेत दिए ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर