सिन्धुलीमा १ लाख २१ हजार स्वास्थ्य बीमामा आबद्ध

सिन्धुली । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा सिन्धुलीको  ३१ हजार ७२ परिवारका १ लाख २१ हजार दुई सय ४९ जना आबद्ध भएका छन् ।

उक्त तथ्याङ्क विसं २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता हालसम्म सिन्धुलीमा ५९ हजार दुई सय २० पुरुष र ६२ हजार ११ महिला रहेको स्वास्थ्य बिमा बोर्ड सिन्धुलीको प्रमुख सुदिना दाहालले  जानकारी दिइन् ।

उनका अनुसार सबैभन्दा बढी कमलामाई नगरपालिकामा स्वास्थ्य बिमामा आबद्ध भएका छन् भने सबै भन्दा कम घ्याङ्लेख गाउँपालिकामा स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।

कमलामाई नगरपालिकामा ३६ हजार छ सय ४९ बीमीत हुँदा घ्याङ्लेख गाउँपालिमा ३ हजार छ सय ५३ जना मात्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख दाहालले बताइन् ।

गोलन्जोर गाउँपालिकामा १० हजार पाँच सय ५८, दुधौली नगरपालिका २१ हजार चार सय ५०, तीनपाटन गाउँपालिकाका १६ हजार दुई सय ८२ र फिक्कलका ८ हजार पाँच सय ५८ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । त्यसै गरी  मरिण गाउँपालिकाको १२ हजार तीन सय ८८, सुनकोशीको ८ हजार तीन सय ५८ र हरिहरपुरगढीको ४ हजार ४२ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख दाहालले माईशिर डटकमलाई जनाकारी दिइन् ।

त्यस्तै ज्येष्ठ नागरिक ८ हजार दुई सय ८४, मधुमेहका ९ सय, एचआइभी सङ्क्रमित १ सय १९ र ८ जना छयारोगका बिरामी स्वास्थ्य बीमामा आबद्ध रहेका छन्।

कार्यालयमा बिमा दर्ताका लागि नयाँ आवेदन पनि आइरहेको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ । सिन्धुलीमा स्वास्थ्य बिमा बोर्डले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमीतहरूको नाम दर्ता गराउँदै आएको छ । स्वास्थ्य बिमा गराएकाले जिल्लाको पाँच स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिँदै आएका छन् ।

सिन्धुली अस्पताल, दुधौली नगर अस्पताल, लाम्पान्टार प्राथमिक स्वास्थ्य केन्द्र, बेलघारी आधारभूत अस्पताल र कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बिमा गरेकाले सेवा लिँदै आएका छन् ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर