विराटनगर हिँडेको माइक्रोबस सिन्धुलीमा दुर्घटना १५ घाईते

सिन्धुली । सिन्धुलीका माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
शुक्रबार विहान काठमान्डौबाट विराटनगर हिँडेको वा५ख६६१८ नम्बरको माईक्रोबस विपी राजमार्गको कमलामाई नगरपालिका वडा नं. ८ सिस्नेरीमा दुर्घटना हुँदा हायस चालक सहित १५ जना घाईते भएका छन ।
माइक्रोबस अनियन्त्रित भई नालीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । उनका अनुसार घाईतेहरुको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ ।
दुर्घटनामा परि मोरङको सुन्दरहरैचा नगरपालिका -९ का अनुज सुन्दास, सुन्दरहरैचा -१९ का प्रकाश उप्रेती, सुनसरीको इटहरी उपमहानगरपालिका -१९ का सिसम घिमिरे, झापा विर्तामोड नगरपालिका- ५ का समिर तामाङ, सुनसरीको इटहरि उपमहानगरपालिका- ६ की विजया तिमल्सिना, मोरङ लेटाङ नगरपालिका- ६ का गोपाल नेपाली, मोरङ लोटाङ -१ का दिपेश राई घाईते भएका छन ।
यस्तै मोरङको मधुमल्ला गाउँपालिका -९ का बम बहादुर खड्का र नेत्र बहादुर खड्का, पाँचथर याङवरक गाउँपालिका- ४ का विक्रम सुन्दास र सुजन सुन्दास, धनकुटाको मदलक्षिन नगरपालिका- १ का गोरख बुढाथोकी, मोरङको सुन्दरहरैंचा नरपालिका- १ का उपेन्द्र खतिवडा, विराटनगर महानगरपालिका ८ का अतुल कटुवाल र तेह्रथुम छत्रश्रीमा -६ का तिर बहादुर लिम्बु घाईते भएको काफ्लेले बताए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया