सिन्धुलीगढी घुमेर हेर्दा……… (फोटो फिचर)

सिन्धुली हुँदै पूर्वी तराई जोड्ने बिपी राजमार्ग यतिखेर आकर्षक गन्तव्य बनेको छ । लागतका आधारमा एसियाकै महँगो यस बाटोको बनावटले समेत एक पटक यात्रा गर्न लालयित बनाउँछ ।

उकालोमा नागबेली सडक । त्यही सडक हुँदै पुगिने महाभारत डाँडा । डाँडामै वीरताको इतिहास बोकेर उभिएको ऐतिहासिक सिन्धुलीगढी । अनि यहाँका मनोरम दृश्य वास्तवमै सुन्दर छन् ।

प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण यो ठाउँ काठमाडौँबाट करिब १ सय ५० किलोमिटर पूर्वमा रहेको छ । भने सिन्धुलीमाढीबाट करिब १६ किमी उत्तरतर्फ रहेको चारैतिर हरियाली फाँटको बिचमा अवस्थित स्वर्णिम इतिहास बोकेको अग्लो थुम्को नै सिन्धुलीगढी हो ।

सिन्धुली जिल्लामा अवस्थित सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । सिन्धुलीगढी सिन्धुली जिल्लाको पुरानो सदरमुकाम पनि हो ।

यो नेपालकै ऐतिहासिक महत्त्व बोकेको क्षेत्र हो । सिन्धुलीगढीको क्षेत्रफल ३००० वर्ग मिटर फैलिएको छ । यो ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ ।

 

हेरौँ सिन्धुलीगढीका आकर्षक अनि मनमोहक दृश्यहरू –

लोक गायक स्वर्गीय कृष्ण बिक्रम थापा ( सुन्तली मैयी ) को शालिक
सहिद स्मारक

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर