एकल महिलालाई विद्युतीय चुलो

भीमान। सिन्धुलीका एकल महिलालाई विद्युतिय चुलो वितरण गरिएको छ।
कमलामाई नगरपालिका वडा नम्बर -९ भीमानले वडा भित्रका एकल महिलाहरुलाई विद्युतीय चुलो वितरण गरेको हो ।
नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को स्वीकृत बार्षिक कार्यक्रम अनुुसार हिजो (आईतबार) एक कार्यक्रमको आयोजना गरि एकल महिलाहरुलाई विद्युतीय चुलो वितरण गरिएको वडा न.९ का अध्यक्ष विनोद प्रधानले माईशिर डट्कम लाई जानकारी दिए।
वडा अध्यक्ष प्रधानका अनुसार असार ६ गते सुचना प्रकाशन गरिएको र प्राप्त निवेदनका आधारमा वडा भित्रका ६७ बर्ष उमेर देखि कम उमेर समुहका १ सय १ जना एकल महिलाहरुलाई चुलो वितरण गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।