मुस्कुराउनु,सर्माउनु सायद आदत हो ‘तिम्रो’ 

तिम्रो हेराइको सिलसिला बुझी सक्नु छैन
त्यसै माथि छन्, आँखा निला बुझी सक्नु छैन !!
मुस्कुराउनु,सर्माउनु सायद आदत हो तिम्रो
तर, मुटुमा ठोकिन्छ किल्ला बुझी सक्नु छैन !
कोही आउँछ, कोही जान्छ संसारको रित
यो सृष्टिमा भगवान् को लीला बुझी सक्नु छैन !
हुन त सर्वश्रेष्ठ प्राणी हो,तै पनि यो मान्छेलाई
बुद्धि सधैँ किन आउँछ ढिला बुझी सक्नु छैन !
भित्री मन कपटी, अनि कुरा काट्नेहरू पनि त
झट्ट हेर्दा चिप्ला अनि रसिला बुझी सक्नु छैन !
फत्ते गर्ने आदेश आयो,भई हाल्छ नि हजुर भन्ने
नेपालीको बानी नै हो सुस्त अनि ढिला बुझी सक्नु छैन !!

– अरुण कुमार अयडी


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर