कमला मावि ढुंग्रेबासको, जग्गा भडा प्रकरणको पेशी भोली

सिन्धुलीमाढी। सिन्धुलीको कमला माध्यमिक विद्यालय ढुंग्रेबासको जग्गा भाडा प्रकरणमा विरुद्ध परेको मुद्दाको पेशी भोलीको लागि तोकिएको छ।

विद्यालयको व्यवस्थापन समिति र प्रधानाध्यापकले विद्यालयको  जग्गा तथा टहरा मनमौजी  हिसाबले भाडामा लगाई भाडा उठाई खाइरहेको र शिक्षा ऐन २०२८  को दफा १५९ ले विद्यालयहरूको रेखदेख र व्यवस्थापन गर्ने जिल्ला शिक्षा समिति समेत आफ्नो दायित्वबाट विमुख भएको भन्दै,कमलामाई नगरपालिका-६ का जिवेन्द्र ठाकुरले २०८१ असार २६ गते उच्च अदालत पाटनमा शिक्षा ऐन विपरीत भएकाले खारेजीको माग सहित रिट दायर गरेका थिए।

यस रिटमा आइतबार उच्च अदालतका न्यायाधीश द्वय नारायण प्रसाद रेग्मी र सूर्य प्रसाद पराजुली को संयुक्त इजलासमा पेशी तोकिएको थियो। तर सरकारी पक्ष (सरकारी वकिल) लाई अदालतबाट खबर नपुगे पछि, छलफल पेशी स्थगित भएको थियो। आइतबार सरेको मुद्दाको पेशी भोली बिहिवार तोकिएको उच्च अदालत पाटनले जनाएको छ।

यो पनि पढ्नुस्।

कमला मावि जग्गा प्रकरण: सिडीयो सहित ६ जना विरुद्ध मुद्दा

भाग-२

 कमला मा.वि ढुंग्रेबास जग्गा प्रकरण: मुद्दाको पेशी सर्‍यो


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर