नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित

हेटौंडा । नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । एमाले मकवानपुरको १२ औँ अधिवेशनबाट पोखरेल फराकिलो मतान्तर सहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् । हालै सम्पन्न मतगणनाको परिणाम अनुसार पोखरेलले ३ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
निकटतम् प्रतिद्वन्दी ईन्द्रमान स्याङतानलाई ५१ मतले पछि पार्दै उनले जीत हासिल गरेका हुन् । स्याङतानले २ सय ६२ मत प्राप्त गरे । त्यस्तै अध्यक्ष पदका उम्मेदवारहरु लाल बहादुर थापा र देवराज रिमालले क्रमशः १ सय ६६ र ११ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा पदमा ४ सय ७६ मत सहित हिदम लामा निर्वाचित भएका छन् । उपाध्यक्षका उम्मेदवारहरु भरत दुलालले ३८ सुनील मुक्तानले १ सय ९७ र ध्रुव प्रसाद चौलागाईँले २६ मत प्राप्त गरेका हुन् ।
सचिवमा २ सय ९७ मतसहित सीता विष्ट निर्वाचित भएका छन् । सचिवका उम्मेदवारहरु मदन कुमार दाहालले २ सय ५५ र राजन थापाले १ सय ७१ मत प्राप्त गरे ।
उपसचिवमा २ सय ४१ मतसहित फूर्वा दोर्जे लामा र उपसचिव (महिला)मा २ सय ४१ मतसहित आरती पाठक निर्वाचित भएका छन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया