सिन्धुली प्रहरीको कमाण्ड एसपी अर्नुन तिमिल्सिनाले गर्ने
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको कमाण्ड एसपी अर्जुनप्रसाद तिमिल्सिनाले गर्ने भएका छन् ।
सिन्धुलीमा कार्यरत प्रहरी उपरीक्षक विनोद शर्मालाई फिर्ता बोलाएपछि रिक्त स्थानमा तिमिल्सिनालाई पठाउने निर्णय गरिएको हो । उनी प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखामा कार्यरत थिए ।
वैशाख १० मा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार शर्मालाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको थियो । २०८० फागुन २ मा सिन्धुलीमा सरुवा भएका शर्मा दुई महिनामै सरुवा भएका हुन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया