सिन्धुलीका श्रेष्ठलाई ‘हरि गोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार’
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) ले सिन्धुलीका फोटो पत्रकार उधव कुमार श्रेष्ठलाई ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ। पर्यावरण तथा पर्यटन फोटो पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएको भन्दै श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
आइतबार ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालस्थित सभा हलमा सम्पन्न राष्ट्रिय फोटो पत्रकार समूह नेपालको २८औँ वार्षिक साधारण सभाको अवसरमा हरिगोपाल प्रधानको नाममा स्थापित पाँच विधाअन्तर्गतको पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, पुरस्कारका संरक्षक हरिगोपाल प्रधान तथा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले श्रेष्ठलाई सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू कविन्द्रमान शाक्य, राजभाई सुवाल, राजेन्द्र चित्रकार, केन्द्रीय पदाधिकारी, आजीवन सदस्य तथा अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया