राष्ट्रसेवक सहकारीको अध्यक्षमा तिलकबहादुर कार्की सर्वसम्मत निर्वाचित
सिन्धुली । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा तिलकबहादुर कार्की सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । शनिबार सिन्धुलीमाढीमा सम्पन्न संस्थाको १८औँ साधारणसभा तथा अधिवेशनबाट कार्की अध्यक्षमा चयन भएका हुन् ।
कार्कीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ । जसअन्तर्गत उपाध्यक्षमा दीपकराज तिमल्सिना, सचिवमा वेदराज काफ्ले र कोषाध्यक्षमा युवराज थापा ‘अटल’ निर्वाचित भएका छन् । सदस्यहरूमा कुमार थापा, बसन्ता घिमिरे, चन्द्रबहादुर मगर, राजेश फुयाँल, अनिता मगर, लोकेन्द्र भण्डारी र गोविन्दबहादुर बस्नेत रहेका छन् ।
अधिवेशनले विभिन्न उपसमिति तथा समिति पनि निर्वाचित गरेको छ । बद्रीनारायण श्रेष्ठको अध्यक्षतामा लेखा सुपरिवेक्षक समिति गठन गरिएको छ । समितिका सदस्यहरूमा ललराम अधिकारी र सरोज फुयाँल रहेका छन् ।
यस्तै, ऋण उपसमितिको संयोजकमा दीपकराज तिमल्सिना चयन भएका छन् भने सदस्यहरूमा राजकुमार प्रसाईं र जीतबहादुर खत्री निर्वाचित भएका छन् । बसन्ता घिमिरेको संयोजकत्वमा गठन भएको तीन सदस्यीय महिला उपसमितिमा राधा कुमारी कोईराला र इन्द्रिका थापा सदस्य रहेका छन् ।
शिक्षा उपसमितिको संयोजकमा चन्द्रबहादुर मगर निर्वाचित भएका छन् भने सदस्यहरूमा सन्तोष बराल र लोकमणि तिमल्सिना रहेका छन् । त्यस्तै, सल्लाहकार समितिमा पदमबहादुर मगर, डिल्लीप्रसाद घिमिरे, अमरबहादुर भुजेल, बविन्द्रलाल माझी, कृष्णप्रसाद बराल, गोकर्णप्रसाद सुवेदी, गणेशबहादुर श्रेष्ठ, हिमाल विक र घनश्याम देवकोटा चयन भएका छन् ।
निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक गुणविक्रम कुँवरले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनकी केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै प्रमाणपत्र वितरण गरेकी थिइन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया