सिन्धुलीमा लेखा समूहद्वारा खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

सिन्धुली, १ कार्तिक। लेखा समूह सिन्धुलीद्वारा आयोजित निजामती कर्मचारी खुला ब्याडमिन्टन प्रतियोगिता–२०८२ शनिबार सिन्धुलीको कबडहलमा सम्पन्न भएको छ।
मेन्स डबल्स खुला श्रेणीमा सुरेश श्रेष्ठ र ओमराज वलको जोडीले पदम मगर र जयप्रकाश चालिसेको जोडीलाई २१–१९ र २१–९ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका छन्। सोही विधामा सुदीप कोइराला–मनमोहन सिंह र भूषण राना–लक्ष्मेश्वर रायको जोडीले तृतीय स्थान हालिस गरेका थिए।
त्यस्तै, जिल्ला स्तरीय मेन्स डबल्समा लोकबहादुर राना र दुर्गा पुलामीको जोडीले शुशिल वर्मा र वैकुण्ठ कार्कीको जोडीलाई २१–१२ र २१–१५ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका छन्। यस समूहमा सविन प्रसाद न्यौपाने–शेषराज गोले र सरोज गौतम–राजकुमार खुलालको जोडीले तृतीय स्थान प्राप्त गरेका छन्।
महिला तर्फको लिग चरणमा गंगा मगर र गीता श्रेष्ठको जोडी प्रथम भएका छन् भने डा. यशोदा खड्का र डा. अस्मिता केसीको जोडी द्वितीय स्थानमा रह्यो। अम्बिका काफ्ले–कल्पना भण्डारी तथा स्वस्तिका विष्ट–सावित्रा पोखरेलको जोडीले तृतीय स्थान साझा गरेका छन्।
विजेताहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको लेखा समूह सिन्धुलीका अध्यक्ष पदम मगरले जानकारी दिए। उनका अनुसार खुला मेन्स डबल्सतर्फ प्रथम हुने जोडीलाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो। जिल्ला स्तरीय मेन्स डबल्समा क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँका नगद पुरस्कार प्रदान गरिएका थिए। महिला तर्फ लिग चरणका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानका विजेतालाई क्रमशः ७, ५, ४, ३ र २ हजार रुपैयाँ प्रदान गरिएको थियो।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया