जनता बहुउद्देश्यीय सहकारीको आम्दानी अघिल्लो वर्षभन्दा झन्डै ६ लाख बढी 

सिन्धुली, २० भदौ / जनता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ मा २३ लाख ३७ हजार ७३ रुपैयाँ ६० पैसा आम्दानी गरेको छ । अघिल्लो वर्षको १७ लाख १३ हजार १ सय ५० रुपैयाँ आम्दानीभन्दा करिब ६ लाख रुपैयाँ बढी भएको सहकारीले जनाएको छ ।

२०७८ फागुन २९ गते कमलामाई नगरपालिकामा दर्ता भई “सुनौलो भविष्यको लागि जनतामै बचत” भन्ने नारासहित सेवा सुरु गरेको सहकारीले सुरुवाती चरणमा ३० जना शेयर सदस्य र ३० हजार रुपैयाँ शेयर पुँजीबाट कारोबार सुरु गरेको थियो । हाल सहकारीमा ४९६ शेयर सदस्य रहेका छन् भने शेयर पुँजी ३२ लाख रुपैयाँ पुगेको छ । सहकारीको कुल कारोबार २ करोड १३ लाख ९४ हजार १ सय ९९ रुपैयाँ ५५ पैसा पुगेको छ ।

तेस्रो वार्षिक साधारण सभामा अध्यक्ष धनबहादुर भुजेल (रमेश) ले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने आर्थिक प्रतिवेदन रोशन देवकोटाले प्रस्तुत गरेका थिए । साधारण सभामा उमङ्ग मल्ल र विमल खड्का (बाल बचत), उत्कृष्ट बचतकर्ता गणेशबहादुर राउत र सुरेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।

सहकारीले बचत तथा ऋण सेवासँगै लघु उद्यम विकास, सुत्केरी भेटघाट र चाडपर्व बचतमार्फत सामाजिक उत्तरदायित्वमा समेत योगदान दिँदै आएको अध्यक्ष भुजेलले बताए ।

सहकारी संस्थाका ज्येष्ठ सदस्य केशव प्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगरपालिका सहकारी तथा भूमि व्यवस्थापन विभाग प्रमुख मुकेश तामाङ, जिल्ला सहकारी सङ्घका नवराज कोइराला, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख मिनिता पौडेल, उद्योग वाणिज्य संघ सिन्धुलीका सदस्य तथा ओम् बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठ, अनुग्रह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्र भुजेल लगायतको उपस्थिति रहेको थियो ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर