प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र

बजेट अभावका कारण मुगुमा प्रहरी चौकीकै भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । एक वर्षमा निर्माण सम्पन गर्ने सम्झौता अनुरुप ठेक्का सम्झौता भएर काम अगाडि बढेपछि उक्त प्रहरी चौकीका लागि कर्णाली प्रदेश सरकारले बजेट नदिएपछि भवन निर्माण कार्य अलपत्र परेको हो ।
सोरु गाउँपालिकामा रहेको कालै प्रहरीको भवन वडा नम्बर ९ मा निर्माण थालनी गरिएको थियो । एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७६ जेठ २१ गते अमर निर्माण जेभीले २ करोड ४६ लाख,८४ हजार ११७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता अनुसार २०७७ जेठ २० गतेभित्र भवन निर्माण सकी हस्तान्तरण गर्नुपर्ने उक्त भवन अलपत्र बनेको छ ।
कर्णाली प्रदेश सरकार आन्तरीक मामिला तथा कानुन मन्त्रालयले प्रहरी चौकी कालैको लागि पर्याप्त बजेट विनियोजन नगरेपछि भवन निर्माण अघि बढाउन नसकेको अमर मदुर जे.भी बिरेन्द्रनगरका प्रोप्राईटर राजबिन्द्र प्रताव सापकोटाले बताए ।
कार्यालयको ब्यारेक भवन, शौचालय तथा स्नान गृह निर्माणका लागि प्रदेश सरकारले पहिलो पटक कूल ५० लाख निकाशा गरेको थियो । सो रकममध्ये पनि निर्माण व्यावसायीले ४८ लाख ३६ हजार ६ सय ६३ रुपैयाँ भुत्तानी पाएकाले काम अगाडि बढाएको सापकोटाले जानकारी दिए ।
त्यसपछि सम्झौता अनुसारको रकम निकाशा नभएपछि भवनको दुई तला उकासेर छाडिएको छ । बजेट अभावकै कारण निर्मार्ण कार्यले गति लिन नसकेको सापकोटाको भनाई छ । त्यहाँ मजदुरी गरेकाले समेत ठेकेदारबाट भुक्तानी नपाएको गुनासो गरेका छन् ।
‘५० दिन बढी हामीले काम ग¥यौँ । ढुंगा बोक्ने, गिटी कुट्नेदेखि बालुवा बोक्ने सम्मका काम गरेको एक रुपैयाँ पनि नदिएर ठेकेदारले बेपत्ता भएको छ । घर व्यवहार चलाउन भारतमा मजदुरी गर्न जाने हामीले गाउँमै काम पायौं भनेर दङ्ग परेरक कमा गरियो, ज्याला समेत नपाउँदा घरमा जहान छोराछोरीलाई खुवाउन मुस्किल छ । बनाएको भवन पनि पशु चौपाए बस्ने ठाउँ बनेको छ,’ कामदार धर्मराज चौलागाँईले भने ।
तर, निर्माण व्यवसायी सापकोटाले भने आफूले कामदारलाई चाहेर पनि मजदुरीको रकम सरकारबाट भुक्तानी नपाएका कारण दिन नसेकेको बताए । ‘आफूसँग भएको रकम पनि त्यही लगानी गरियो ।
सरकारले रकम निकाशा नगरेकोले मजदुरलाई दिन नसकिएको हो । हाम्रो तर्फबाट काम गरेको रकम भुत्तानीका आग्रह गर्दा पाउन सकिएन । अहिले सर्वोच्चमा मुद्दा पुगेको छ,’ उनले भने ।
कालै प्रहरी चौकी भने स्थानीयको घरमा भाडा लिएर त्यहीबाट सञ्चालन हुँदै आएको छ । २ करोड ४६ लाख,८४ हजार ११७ रुपैयाँमा सम्झौता भएको उक्त भवनको निर्माण लागत बढेर अहिले ३ करोड बढी पुगेको छ ।
अलपत्र प्रहरी चौकी निर्माण कार्यलाई गति दिन आफ्नोे लातुकदार निकायमा आफूले पनि पहल गरिरहेको कालै प्रहरी चौकीका प्रहरी नायव उपरीक्षक बिरेन्द्र बहादुर थापाले जानकारी दिए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया