सिन्धुलीमा नेकपाको कारबाही शृंखला: गजुरेलपछि जिल्ला इन्चार्ज र संयोजक पनि हटाइए

सिन्धुली । प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा कारबाहीको शृंखला जारी रहेको छ। पार्टीले यसअघि बागी उम्मेदवार महेश्वर दाहाल र नेता हरिबोल गजुरेललाई निष्कासन गरेपछि अब जिल्ला इन्चार्ज बुद्धिमान माझी र जिल्ला संयोजक पानीराज बम्जनलाई पनि जिम्मेवारीबाट हटाएको जनाएको छ।

नेकपा बागमती प्रदेश कमिटीका अनुसार पार्टीका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध बागी उम्मेदवारलाई सहयोग गरेको आरोपमा उनीहरूमाथि कारबाही गरिएको हो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आधिकारिक उम्मेदवारविरुद्ध बुद्धिमान माझी (बसन्त) को प्रस्तावमा विद्रोही उम्मेदवारी खडा गरिएको र त्यसमा जिल्ला संयोजक पानीराज बम्जन समर्थकका रूपमा बसेको जनाइएको छ। विद्रोही उम्मेदवार खडा गरेर खुलेआम मत माग्ने गतिविधिमा संलग्न भएको ठहर प्रदेश कमिटीले गरेको छ।

प्रदेश कमिटीका संयोजक सरल सहयात्री पौडेलले पटक–पटक औपचारिक तथा अनौपचारिक रूपमा दिएको पार्टी निर्देशनलाई बेवास्ता गर्दै अनुशासन उल्लंघन गरेको पाइएकाले माझी र बम्जनलाई सबै जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिए।

नेकपाबाट टिकट नपाएपछि महेश्वर दाहालले सिन्धुली–२ मा बागी उम्मेदवारी दर्ता गराएका थिए। त जिल्ला संयोजक बम्जन र इन्चार्ज माझी बागी उम्मेदवारको पक्षमा मत माग्दै हिँडेको छन्।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर