पूर्वविद्यार्थीको पहलमा कुण्डेश्वर माविमा ट्रयाक सुट वितरण
सिन्धुली । कमलामाई नगरपालिका–१२, बेसारेबेसीस्थित कुण्डेश्वर माध्यमिक विद्यालयका ७० जना विद्यार्थीले न्यानो कपडा पाएका छन्। आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा पूर्व विद्यार्थी समाजको अगुवाइमा विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको हो।
विद्यालयका पूर्वविद्यार्थी, शिक्षक र अभिभावकको आर्थिक सहयोगमा अध्ययनरत २ सय ७६ जना विद्यार्थीमध्ये पहिलो चरणमा ७० जनालाई ट्रयाक सुट वितरण गरिएको विद्यालयका प्रधानाध्यापक ललित कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार बाँकी विद्यार्थीलाई केही समयपछि चरणबद्ध रूपमा ट्रयाक सुट उपलब्ध गराइनेछ। ट्रयाक सुट खरिदमा लाग्ने कुल खर्चको ५० प्रतिशत रकम अभिभावकले व्यहोर्ने व्यवस्था गरिएको छ।
विद्यार्थीका लागि न्यानो कपडा जुटाउन प्रधानाध्यापक ललित श्रेष्ठ र पूर्व विद्यार्थी समाजका अध्यक्ष विनय दाहालले जनही २० हजार रुपैयाँ सहयोग गरेका छन्। त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंम वडाध्यक्ष भीम बहादुर गुर्मछानले ५ हजार २५, पूर्व अध्यक्ष ओमप्रसाद दाहालले ५ हजार १५५ र पाण्डव बरालले ५ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन्।
यसैगरी ललिता श्रेष्ठ, प्रदीप कार्की, यमकुमार आछामे, फत्त बहादुर श्रेष्ठ, याम बहादुर विश्वकर्मा, सन्देश घिमिरे र सुमित्रा आले मगरले जनही ५ हजार ९५ रुपैयाँ सहयोग गरेका छन्। दीपक कार्कीबाट ३ हजार ५ सय, रमा कार्की र लक्ष्मी बलबाट जनही ३ हजार ९ सय, सोम बहादुर बम्जनबाट २ हजार तथा ललित खड्काबाट १ हजार ५ सय रुपैयाँ सहयोग जुटेको विद्यालयले जनाएको छ।

यसैबीच पूर्व विद्यार्थी समाजका अध्यक्ष विनय दाहालले आफ्नो स्टेशनरी व्यवसाय सञ्चालनको तीन वर्ष पूरा भएको अवसरमा कुण्डेश्वर माध्यमिक विद्यालयलाई २५० थान ज्यामिति बक्स, मावि कुण्डेश्वर, प्रावि शिखरपुर र जनसेवा प्रावि बदुनालाई एक–एक थान प्राथमिक उपचार बक्स तथा १ सय थान पेन्सिल सहयोग गरेका छन्।
त्यस्तै मरिण ठाकुर औषधि पसलका सञ्चालक माधव देवकोटाबाट ३६ थान पानी पिउने बोतल सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंम वडाध्यक्ष भीम बहादुर गुर्मछान, विव्यसका पूर्व अध्यक्ष, पूर्व शिक्षक, अभिभावक, शिक्षक तथा विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम



फेसबुक प्रतिक्रिया