सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सिन्धुलीमाढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार सिन्धुलीमाढीस्थित निर्माणाधीन जिल्ला समन्वय समितिको नयाँ भवनमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका गरी दुईवटा कार्यालय एकैसाथ सञ्चालनमा ल्याइएको हो।

सिन्धुली जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचन क्षेत्र नम्बर १ का लागि निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन क्षेत्र नम्बर २ का लागि मुख्य निर्वाचन अधिकृतसहितको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिए।

सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को चुनावी कमाण्ड जिल्ला न्यायाधिवक्ता निमा घिमिरे र क्षेत्र नम्बर २ को कमाण्ड मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कमलराज विष्टले सम्हाल्ने छन्।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर