सिन्धुलीमा निःशुल्क पशु स्वास्थ्य शिविर, ७ सय पशुपन्छीको उपचार

सिन्धुलीमाढी । सिन्धुलीको कमलामाई नगरपालिका–८ तिनतले, पातिपरानमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटमा सञ्चालित NEWSTEP परियोजना अन्तर्गत शुक्रबार उक्त शिविर आयोजना गरिएको थियो ।

स्थानीय किसानलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा बाख्रा, गाई, भैँसी, गोरु, बंगुर, कुकुर र कुखुरा गरी करिब ७ सय पशुपन्छीको जाँच तथा उपचार गरिएको छ। यसबाट समुदायका ५५ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटका प्राचार्य तेजविक्रम थापाका अनुसार, शिविरमा निःशुल्क पशुपन्छी जाँच, भेटेरिनरी परामर्श, औषधि वितरण तथा गोबर परीक्षण सेवा उपलब्ध गराइएको थियो। साथै रोग पहिचान र उपचारले किसानको आर्थिक क्षति कम गर्न सहयोग पुगेको उनको भनाइ छ।

शिविर सञ्चालनमा कमलामाई नगरपालिका, सिन्धुली तथा नेपाल भेटेरिनरी विद्यार्थी संघ (NVSA–HICAST), काठमाडौं को प्राविधिक सहयोग रहेको थियो।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर