एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’को केन्द्रीय कमाण्ड सिन्धुलीका पुष्पराज श्रेष्ठ

काठमाडौँ, ५ मंसिर । नेकपा (एमाले)ले आफ्नो युवा शक्तिलाई संगठित गर्न ‘नेशनल युथ भोलेन्टियर फोर्स’को ११ सदस्यीय केन्द्रीय कमाण्ड गठन गरेको छ ।
बिहीबार काठमाडौँको माइतीघरस्थित कार्की बान्क्वेटमा आयोजित विशेष कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले उक्त केन्द्रीय कमाण्डको घोषणा गर्नुभएको हो ।नवगठित युथ भोलेन्टियर फोर्सको केन्द्रीय कमाण्डर (प्रमुख) मा सिन्धुलीका पुष्पराज श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।
एमालेले पार्टीको युवा शक्तिलाई एकीकृत र सक्रिय बनाउने उद्देश्यले यो विशेष दस्ता गठन गरेको जनाएको छ ।
कार्यक्रममा एमालेका विभिन्न तहका नेता–कार्यकर्ता तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
यसअघि पनि एमालेले विभिन्न जनसंगठन र भ्रातृ संगठनहरू मार्फत युवा परिचालनलाई जोड दिँदै आएको छ । नयाँ गठित यो फोर्सले आगामी दिनमा पार्टीको संगठन विस्तार र राष्ट्रिय मुद्दामा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर