कुलमानको पार्टी ‘उज्यालो नेपाल’मा सिन्धुलीकी तुलसा केन्द्रीय सदस्य

सिन्धुली, कार्तिक २५ । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल ‘उज्यालो नेपाल पार्टी’ले निर्वाचन आयोगमा आफ्नो पार्टी विधान र केन्द्रीय कमिटीको सूची बुझाएको छ।

पार्टी निर्माण प्रक्रियामा अग्रपंक्तिमा रहेर काम गरेका जितराम लामाका अनुसार, आयोगमा केन्द्रीय कमिटीमा रहने ५१ जना सदस्यहरूको नाम पेश गरिएको हो। यस सूचीमा सिन्धुलीकी चर्चित सेलो गायिका तुलसा वाइबा समेत केन्द्रीय सदस्य रहेकी छिन्।

सिन्धुलीको भद्रकालीमा जन्मेकी तुलसा वाइबा भद्रकाली उच्च माविबाट एसएलसी पूरा गरेपछि राजधानी काठमाणडौं छिरेर लामो समय एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय रहिन्। उनी २०७३ मा नेपाल सरकारको राष्ट्रिय युवा परिषद्को सदस्यसमेत बनिसकेकी थिइन्।

उनी २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवारसमेत बनिसकेकी थिइन्।

उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा पहिले नै दर्ता भइसकेको थियो। यसकारण आज पार्टीले आफ्नो विधान र केन्द्रीय कमिटी थप गर्न आयोगमा निवेदन पेश गरेको हो।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर