जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा फिक्कल गाउँपालिका पहिलो

सिन्धुली, कार्तिक २५। जनस्वास्थ्य कार्यालय सिन्धुलीको वार्षिक मूल्याङ्कनमा फिक्कल गाउँपालिका पहिलो स्थानमा रह्यो। आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका ९ वटै स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा गतिविधिको प्रस्तुतीकरण र रिपोर्टिङका आधारमा गरिएको मूल्याङ्कनमा मरिण गाउँपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो स्थानमा रहे।

प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त पालिकालाई प्रशंसा–पत्र प्रदान गरिएको छ, जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलले जानकारी दिए।

जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठी आइतबार सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. नरेन्द्र कुमार झाको प्रमुख आतिथ्यमा भएको थियो।

समापन समारोह जनस्वास्थ्य कार्यालय प्रमुख पटेलको अध्यक्षतामा र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, सीएएचईभि (सिएचएभी), स्वास्थ्य मन्त्रालय हेटौंडाका विशेषज्ञ चिकित्सक डा. रंजित माकाजु, जनस्वास्थ्य अधिकृत विनिका श्रेष्ठसहित विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधि तथा जनस्वास्थ्य कार्यालयका कर्मचारीहरूको उपस्थिती रहेको थियो।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर