सिन्धुलीकी नयाँ सिडिओ स्किम श्रेष्ठले सम्हालिन् कार्यभार
गृह मन्त्रालयको सरुवा निर्णयअनुसार मकवानपुरबाट सरुवा भएर आएकी श्रेष्ठले मंगलबारदेखि सिन्धुलीमा जिम्मेवारी सम्हालेकी हुन्।
सिन्धुली, कात्तिक १८ । सिन्धुली जिल्ला प्रशासन कार्यालयमा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा स्किम श्रेष्ठले आज (मंगलबार) कार्यभार सम्हालेकी छिन्।
गृह मन्त्रालयले गत कात्तिक ९ गते देशभरका ३६ जिल्लाका सिडिओहरूको सरुवा निर्णय गरेको थियो। सोही निर्णयअनुसार मकवानपुरकी सिडिओ रहेकी श्रेष्ठलाई सिन्धुली पठाइएको हो।
यसअघि सिन्धुलीमा कार्यरत प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई रौतहटमा सरुवा गरिएको छ। भुसालले २०८२ असार ११ गते सिन्धुलीमा कार्यभार सम्हालेका थिए।
सिडिओ श्रेष्ठले आजदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्दै जिम्मेवारी सम्हालेकी छन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया