ग्वालटारमा जुवा तास खेल्दै गरेका २४ जना पक्राउ, नगद झण्डै चार लाख बरामद

सिन्धुली, कार्तिक ३ । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–३ ग्वालटारमा जुवा तास खेल्ने क्रममा २४ जना व्यक्ति पक्राउ परेका छन्।

शनिबार साँझ ग्वालटारको ओखलढुङ्गे बासुकाला होटलको तेस्रो तल्लामा जुवा तास खेलाएको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खुर्कोट बाट खटिएको टोलीले छापा मारी उनीसहित २४ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट जुवा तास खेल्ने क्रममा प्रयोग भएको सामग्रीसहित नगद रु.३,८९,१६१ (तिन लाख उनान्नब्य हजार एक सय एकसठ्ठी रुपैयाँ) बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरुमा सिन्धुली, रामेछाप र ओखलढुंगाका विभिन्न स्थानका व्यक्ति रहेका छन्।

पक्राउ परेकाहरुको विवरण:

१. ढाल बहादुर कार्की (४८), गोलन्जोर–२

२. भरत थापा (६४), गोलन्जोर–३

३. राजु थापा (५०), गोलन्जोर–३

४. प्रज्वल कार्की (३६), गोलन्जोर–३

५. रविन श्रेष्ठ (२९), गोलन्जोर–३

६. मनोज पोखरेल (२३), गोलन्जोर–३

७. ओम कुमार कार्की (३९), गोलन्जोर–३

८. भरत बहादुर वयलकोटी (४०), गोलन्जोर–३

९. तपन पौडेल (४१), गोलन्जोर–४

१०. देव बहादुर खपाङ्गी (३५), कमलामाई–१२

११. शिव कुमार कार्की (५२), गोलन्जोर–२

१२. इन्द्र बहादुर पुर्वाछाने मगर (४१), गोलन्जोर–३

१३. आलोक बराल ‘एलिस’ (२६), गोलन्जोर–३

१४. अभिषेक थापा (२७), गोलन्जोर–३

१५. चन्द्र बहादुर माझी (४९), मन्थली–६, रामेछाप

१६. दल बहादुर देवकोटा (५१), गोलन्जोर–७

१७. बिराज श्रेष्ठ (३०), गोलन्जोर–६

१८. राज कुमार श्रेष्ठ (४८), गोलन्जोर–३

१९. कल्याण कार्की (४०), गोलन्जोर–३

२०. इन्द्र बहादुर कार्की ‘कृष्ण’ (२०), गोलन्जोर–३

२१. शुसिल सुनुवार (२२), सुनकोशी–७, ओखलढुंगा

२२. मिन बहादुर थापा (३६), गोलन्जोर–३

२३. नविन राई (३३), रामेछाप–१

२४. रमेश वयलकोटी (२८), गोलन्जोर–३

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, पक्राउ परेकाहरूमाथि जुवा (निषेध) ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ। प्रहरीले जिल्लाभर जुवा, सट्टेबाजी तथा अवैध गतिविधि नियन्त्रणका लागि विशेष निगरानी तथा कारबाही अभियानलाई निरन्तरता दिएको जनाएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर