शिक्षक भलिवल प्रतियोगितामा वडा नं. १२ विजयी

५ असोज, सिन्धुलमाढी / सिन्धुलीको कमलामाई नगरपालिका–१२ स्थित श्री कुण्डेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित नगर स्तरीय मैत्रीपूर्ण शिक्षक भलिवल प्रतियोगिता हिजो (शनिबार) सम्पन्न भएको छ।

बडा दशैं, तिहार, छठ पर्व र ठूली एकादशी जस्ता प्रमुख चाडपर्वको अवसरमा आयोजना गरिएको यस प्रतियोगिता बिहीबारदेखि सुरु भएको थियो।

प्रतियोगितामा कमलामाई नगरपालिका वडा नं. ४, ६, ७, ८, ९ र १२ का कुल ६ वटा टोलीहरूले सहभागिता जनाएका थिए। शनिबार भएको फाइनल खेलमा वडा नं. १२ ले वडा नं. ६ लाई पराजित गर्दै पहिलो स्थान प्राप्त गर्यो। विजयी वडा नं. १२ ले खसीसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. ६ ले पनि खसीसहित पुरस्कार प्राप्त गरेको छ।

तेस्रो स्थानमा रहेको वडा नं. ९ ले ३ वटा लोकल भाले, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। व्यक्तिगत पुरस्कारमा वडा नं. १२ का ईश्वर दाहालले ‘बेस्ट प्लेयर’ उपाधि जिते भने, वडा नं. ६ का सुमन देवकोटाले ‘बेस्ट स्पाइकर’ को सम्मान प्राप्त गरे।

यस प्रतियोगिताको प्रमुख उद्देश्य भनेको सामुदायिक विद्यालयका आंशिक र पूर्णकालीन शिक्षक–कर्मचारी बीच सहकार्य, समन्वय र एकता प्रवर्धन गर्नु, साथै खेलकुदप्रतिको स्वस्थ भावना विकास गर्नु रहेको आयोजकले जनाएको छ। प्रतियोगिता सफल बनाउन विद्यालय परिवार, विद्यार्थी, पुर्व विद्यार्थी, स्थानियवासी र अन्य विभिन्न पक्षका व्यक्तिहरूले महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर