हजुरआमाको बर्खन्तका लागि बत्ती हाल्दा नातीको ज्यान गयो

३ भदौ, सिन्धुली / आफ्नै घरमा बर्खन्तको तयारी गर्ने क्रममा विद्युत् लाइन जडान गर्दै गर्दा करेन्ट लागी एक युवकको मृत्यु भएको छ।

तिनपाटन गाउँपालिका–२ (भीमस्थान) साखाजोरका २७ वर्षीय रुद्रमणि अधिकारीलाई विहीबार (हिजो) साँझ करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यप्रकास सुवेदीका अनुसार, आज (शुक्रवार) हुने हजुरआमाको बरखीका लागि घरमा बत्ती जडान गर्ने क्रममा करेन्ट लागेपछि अधिकारी बेहोस भएका थिए।

उनीलाई तत्काल उपचारका लागि सिन्धुली अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर