मरिण क्याम्पसको अध्यक्षमा प्रकाश श्रेष्ठ

सिन्धुलीमाढी, २१ भदौ / मरिण बहुमुखी क्याम्पसले नयाँ सञ्चालक समिति गठन गरेको छ।
शनिबार सम्पन्न वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट प्रकाश श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो।
नवगठित समितिमा उपाध्यक्षमा दीपक प्रसाद मैनाली र सदस्यमा दिलबहादुर गिरी, ललित पुरी, लिला प्रसाद पन्त, शर्मिला माझी, शम्भु कार्की, कृष्णबहादुर माझी, देवकी पौडेल, नवराज आरण र आत्मराम तामाङ चयन भएका छन्। समितिको पदावधि तीन वर्षको रहनेछ।
यसअघि समितिको अध्यक्ष बुद्धिमान माझी (बसन्त) थिए भने उनीभन्दा अघिल्लो कार्यकालमा रामकुमार पौडेल अध्यक्ष रहेका थिए।
साधारणसभामा क्याम्पस प्रमुख जगत प्रसाद पन्तले आ.व. २०८१/८२ को आय–व्यय, शैक्षिक तथा भौतिक विवरण, चुनौती र समाधानका उपायलगायत प्रगति प्रतिवेदन प्रस्तुत गरे। सभाले आगामी शैक्षिक सत्रदेखि वाणिज्य संकायको पढाइ सुरु गर्ने निर्णय गरेको प्रमुख पन्तले जानकारी दिए।
हाल क्याम्पसमा शिक्षा संकाय अन्तर्गत अंग्रेजी, नेपाली र जनसंख्याशास्त्र विषयमा पढाइ हुँदै आएको छ। क्याम्पसमा करिब १५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
मरिण गाउँपालिकाको एकमात्र बहुमुखी क्याम्पसका रूपमा मरिण बहुमुखी क्याम्पसले स्थानीय क्षेत्रमा शैक्षिक योगदान पुर्याउँदै आएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया