सुनकोशीमा डुबेका ‘प्रख्यात’ को शव फेला

सिन्धुली, २१ भदौ / सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ बलेनीमा पौडी खेल्ने क्रममा सुनकोशी नदीमा डुबेका १४ वर्षीय प्रख्यात मग्रातीको शव फेला परेको छ।

प्रहरीका अनुसार उनी शुक्रबार दिउँसो करिब पौने चार बजे साथीहरूसँग नदीमा पौडी खेल्दा अचानक डुबेका थिए। घटनापछि स्थानीयवासी, अस्थायी प्रहरी पोष्ट हैवारबेशी, इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरी विपद् व्यवस्थापन वेश खुर्कोटका गोताखोर टोलीले खोजी अभियान थालेका थिए।

तर शुक्रबार शव फेला नपरेपछि शनिबार बिहानैदेखि पुनः खोजी सुरु गरिएको थियो। खोजी क्रममा बिहान करिब पौने १० बजे, डुबेको स्थानभन्दा केही तल उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन्।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर