पौडी खेल्न गएका ‘प्रख्यात’ सुनकोशीमा बेपत्ता

सिन्धुली, २० भदौ / सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ बलेनीमा शुक्रवार दिउँसो पौडी खेल्न गएका १४ वर्षीय किशोर प्रख्यात मग्राती सुनकोशी नदीमा बेपत्ता भएका छन्।
प्रहरीका अनुसार किशोर दिउँसो करिब पौने चार बजे साथीहरूसँगै नदी किनारमा पौडी खेल्दा अचानक डुबेका थिए।
घटनाको खबर पाएपछि अस्थायी प्रहरी पोष्ट हैवार वेशीबाट असई इन्द्र बहादुर मगरको टोली इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक वसन्त बहादुर भुजेलको र सशस्त्र प्रहरी विपद् व्यवस्थापन वेश खुर्कोटका सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउतसहितको संयुक्त टोली पनि खोजी कार्यमा सक्रिय छन्।
हाल प्रहरीले स्थानीयवासीको सहयोगमा नदी किनारमा खोजी कार्य जारी राखेको छ र उद्धारका लागि आवश्यक तयारी पनि गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया