सहकारीहरुले साधारणसभामा यातायात खर्च बाँड्न नपाउने

काठमाडौँ । बचत तथा ऋणमुख्य सहकारी संस्थाले अब साधारणसभामा यातायात खर्च वितरण गर्न नपाउने भएका छन्।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालै जारी गरेको निर्देशनअनुसार साधारणसभामा यातायात खर्च, सहभागिता भत्ता, अतिथि सत्कारलगायतका फजुल खर्चमा पूर्ण प्रतिबन्ध लगाइएको छ। प्राधिकरणले साधारणसभालाई सदस्य केन्द्रित, मितव्ययी र सुशासनयुक्त बनाउन यस्तो व्यवस्था गरेको हो।

फजुल खर्चमा रोक

निर्देशनमा बचतकर्ताको हितलाई प्राथमिकता दिँदै सामान्य खाजा–खाना बाहेक अन्य खर्च गर्न नपाइने उल्लेख गरिएको छ। त्यस्तै, सहकारीको दर्ता, नियमन, अनुगमन वा सुपरीवेक्षणसँग सम्बन्धित कुनै पनि गैर सदस्य कर्मचारी वा पदाधिकारीलाई साधारणसभामा सहभागी गराउन नपाइने प्राधिकरणले स्पष्ट पारेको छ।

त्यसैगरी गैर सदस्यलाई आमन्त्रित गरी उद्घाटन सत्र, आसनग्रहण वा अतिथिको मन्तव्यजस्ता औपचारिक कार्यक्रमसमेत नगरी सिधै एजेण्डामा प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ। सहकारी संस्थाले आफ्नै कार्यक्षेत्रभित्रका सदस्यलाई पायक पर्ने स्थानमै साधारणसभा गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर