सिन्धुलीबाट एमाले विधान महाधिवेशनमा ३१ प्रतिनिधि सहभागी [नामावलीसहित]

सिन्धुली, भदौ १८ / यही भदौ २०-२२ मा हुन लागेको नेकपा नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा सिन्धुली जिल्लाबाट सहभागी हुने प्रतिनिधिहरु टुंगो लागेको छ। पार्टीले तोकेको मापदण्डअनुसार चितवनमा २०७८ सालमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु नै विधान महाधिवेशनका प्रतिनिधि हुने व्यवस्था रहेको छ।

सिन्धुलीबाट यसपटक ३१ जना प्रतिनिधिहरु विधान महाधिवेशनमा सहभागी हुने भएका छन्। सहभागी हुनेहरुमा केशव देवकोटा, प्रदीप कुमार क्षेत्री (कटुवाल), छत्रबहादुर दाहाल, प्रलादकुमार पोखरेल, नारायण बराल, शंकर बराल, राजु बराल, सुवास देवकोटा, हेमबहादुर लामा, पूर्ण खत्री र डम्बर कार्की रहेका छन्।

त्यस्तै, हेमबहादुर भुजेल, महेन्द्रदेव श्रेष्ठ, कौशल कोइराला, कमलप्रसाद दाहाल, रामकृष्ण श्रेष्ठ, हिराबहादुर लामा, गोविन्दलाल माझी, चतुरमान लो, खड्गबहादुर खत्री र शान्तिमान कार्की पनि सहभागी हुनेछन्।

महिला तथा अन्य प्रतिनिधिहरुमा ललिमाया पुलामी, पार्वती सुनुवार, डोरकुमारी कार्की, मीना कार्की, मन्जुकुमारी देवकोटा, अम्बिकाकुमारी राई, नीरकुमारी कुँवर, पार्वती भट्टराई, रमा कार्की र केशरबहादुर नेपाली रहेका छन्।

यस्तैगरी पार्टीका केन्द्रीय सदस्यहरु गणेश कुमार पहाडी, मनोज जंग थापा,उमादेवी कोइराला, कमलजंग राई र विशमलाल अधिकारी दनुवार भने आयोजकको भूमिकामा रहनेछन्। भने जनसंगठ्नको तर्फबाट पुष्पराज श्रेष्ठ रहेका छन्।

 विधान महाधिवेशनमा देशभरिबाट दुई हजार १२८ प्रतिनिधि र २६४ जना आयोजक सहभागी हुनेछन्।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर