निजामती दिवसमा कमलाखोँच बालगृहलाई खाद्यान्न र वाटर डिस्पेन्सर सहयोग

 

सिन्धुली, भदौ १८ /  निजामती सेवा दिवस–२०८२ को अवसरमा लेखा समूह सिन्धुलीले दुधौली नगरपालिका–१० कोक्टीमा रहेको कमलाखोँच बालगृहमा खाद्यान्न तथा वाटर डिस्पेन्सर वितरण गरेर दिवस मनाएको छ।

सो अवसरमा करिब एक्काइस हजार रुपैयाँ बराबरको खाद्यान्न तथा वाटर डिस्पेन्सरसहितका सामग्री हस्तान्तरण गरिएको लेखा समूह सिन्धुलीका अध्यक्ष पदमबहादुर मगरले जानकारी दिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले निजामती कमर्मचारीहरू केवल कार्यालयमा मात्र सीमित नभई समाजप्रति पनि जिम्मेवार बन्नुपर्ने बताए। उनले बालबालिकाको संरक्षण र उनीहरूको उज्ज्वल भविष्यका लागि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए।

सहयोग ग्रहण गर्दै कमलाखोँच बालगृहका अध्यक्ष ब्रम्हकुमार दनुवारले लेखा समूह सिन्धुलीद्वारा गरिएको सहयोगले बालगृह सञ्चालनमा महत्वपूर्ण टेवा पुग्ने बताए। उनले भने, “बालबालिकाको पालनपोषण र शिक्षामा यस किसिमको सहयोग प्रेरणादायी छ।”

सो कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री सुकमाया तामाङ, दुधौली नगरपालिकाका कार्यवाहक मेयर चन्द्रकिशोर चौधरी, प्रमुख कोष तथा लेखा नियन्त्रक हरिहर शर्मा तिवारी, दुधौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पन्तलगायत कर्मचारीहरूको उपस्थिति थियो।

जनमुखी कल्याणकारी नेपालद्वारा २०७२ सालदेखि सञ्चालित कमलाखोँच बालगृहमा हाल १५ जना अनाथ बालबालिका आवासीय रूपमा बसोबास गर्दै आएका छन्।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर