सिन्धुलीमा बसले मोटरसाइकल ठक्कर दिँदा काभ्रेका माझीको मृत्यु

सिन्धुली, भदौ १७ / सिन्धुलीको कमलामाई नगरपालिका–९ नयाँबस्तीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मंगलबार दिउँसो करिब २ बजे बर्दीबासबाट भीमान हुँदै कटारीतर्फ जाँदै गरेको ग २ ख ११४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा १६ प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक, काभ्रे भुम्लु गाउँपालिका–९ घर भई हाल काठमाडौं–७ बस्ने १८ वर्षीय सौगात माझी गम्भीर घाइते भएका थिए। उनलाई जिल्ला अस्पताल सिन्धुली पुर्याइए पनि दिउँसो साढे २ बजे उपचारकै क्रममा मृत घोषणा गरिएको सिन्धुली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अभिषेक थपलियाले पुष्टि गरेका छन्।
मोटरसाइकलमा सवार भारत मोतिहारी घर भई हाल काठमाडौं–७ बस्ने १८ वर्षीय सागर आलम भने गम्भीर घाइते भई सिन्धुली अस्पतालमै उपचाररत छन्।
बसचालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया