लागुऔषधसहित पक्राउ परेका कपडीको अदालतबाट ५ दिनको म्याद थप

सिन्धुली, ३ भदौ । लागुऔषध मुद्दामा पक्राउ परेका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता सुशिल कपडीलाई जिल्ला अदालत सिन्धुलीले पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्ने आदेश दिएको छ।
गत स्ववियु निर्वाचनमा दुधौलीस्थित कमला बहुमुखी क्याम्पसमा सभापति पदका उम्मेदवार रहेका कपडीलाई हिजो सोमबार बिहान दुधौली नगरपालिका–९ स्थित आफ्नै घरबाट प्रतिबन्धित ओनिरेक्ससहित नियन्त्रणमा लिइएको हो। सो क्रममा उदयपुर कटारी नगरपालिका–३ का मनोज कार्की समेत पक्राउ परेका थिए।
प्रहरीका अनुसार उनीहरूबाट १३ बोतल ओनिरेक्स बरामद भएको छ। प्रहरी चौकी दुधौलीका इन्चार्ज वरिष्ठ सहायक निरीक्षक कलमबहादुर शाहीको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको र थप अनुसन्धान इलाका प्रहरी कार्यालय डकाहाबाट अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया