सिन्धुलीमा नेवारी समुदायको लाखे नाचसहित कृष्ण जन्माष्टमीको भव्य उत्सव [तस्बिरहरू]

सिन्धुली, ३१ श्रावण । सिन्धुलीमाढीमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी नेवारी समुदायले परम्परागत शैलीमा भव्य रूपमा मनाएका छन्। कृष्ण जन्माष्टमीलाई अझ आकर्षक बनाउन गणेश भीमशेन मन्दिर संरक्षण समिति, नेवा गुठी समाज र नेवा देय् दबुको आयोजनामा, साथै नेवाः मिस दबु, नेवाः ल्याय्म्हु दबु र खल पुचुःहरूको सहकार्यमा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमअन्तर्गत जातीय भेषभूषासहितको लाखे नाच गणेशस्था तथा भीमशेन मन्दिर परिसरबाट सुरु गरिएको थियो। लाखे नाचको परिक्रमा सिन्धुलीमाढीको २ नं बजार, गैरीबजार, १ नं बजार, स्टल बजार र मधुटार हुँदै अन्त्यमा लोकतान्त्रिक चोकमा लाखे विसर्जन गरी कार्यक्रम समापन गरिएको थियो ।

स्थानीयको भनाइअनुसार, नेवारी संस्कृतिको अभिन्न अङ्ग मानिने मुकुन्डो (लाखे) नृत्य विगतदेखि नै कृष्ण जन्माष्टमीसँग जोडिएको छ। नेवारी समुदायले कृष्ण जन्माष्टमीलाई यस वर्ष पनि उल्लासपूर्ण वातावरणमा मनाउँदै सिन्धुलीलाई सांस्कृतिक रंगमा रंगिएको देखिएको छ।

तस्बिहरू

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर