सिन्धुलीमा एमाले युवा संघको बृहत रक्तदान

सिन्धुलीमाढी, ३० श्रावण / सत्तारूढ दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, सिन्धुलीले शुक्रबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
नेकपा एमाले जिल्ला पार्टी कार्यालय सिन्धुलीको भवनमा आयोजित कार्यक्रममा २१ जनाले रगत दान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा र राष्ट्रिय युवा संघ नेपाल, सिन्धुलीको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।
जिल्ला अध्यक्ष अरुण पाख्रीनका अनुसार, केन्द्रीय कार्यक्रमसँगै रक्तदानको मुख्य उद्देश्य समुदायमा “रक्त अभावका कारण कसैको ज्यान जान नपरोस्” भन्ने सन्देश दिनु र युवामा सेवा भाव जागृत गर्नु हो। उनले भने, “रगतको अभाव हुँदा बिरामीको उपचारमा ढिलाइ र ज्यान जोखिममा पर्ने अवस्था धेरै सुनिन्छ। त्यसैले हाम्रो संघले यसलाई सामाजिक जिम्मेवारीका रूपमा निरन्तरता दिनेछ।”
पाख्रीनले नियमित रूपमा रक्तदान अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। कार्यक्रममा पार्टी तथा भातृ संगठनका प्रतिनिधिहरू, युवा, स्वास्थ्यकर्मी र विद्यार्थीहरूको सहभागिता थियो।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया