गुण्डा नाइके चक्रे मिलन धरौटीमा रिहा

काठमाडौं, ३० श्रावण / भक्तपुर जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) लाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। आदेश लगत्तै उनी धरौटी बुझाएर रिहा भएका छन्, जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो।
सरकारी वकिलले अदालतमा पूरक अभियोग दायर गरेका थिए। आरोप अनुसार, २०८१ भदौ १० मा दिव्यश्वरी टाउन प्लानिङस्थित बड्डाको तावामा चक्रे मिलनले मनिष रायमाझीमाथि खुकुरी प्रहार गरेका थिए।
साउन १५ मा जन्मदिन मनाइरहँदा महाराजगन्जस्थित साम्बाला होटेलबाट पक्राउ परेका चक्रेलाई काठमाडौं जिल्ला अदालतले ३० हजार धरौटीमा रिहा गरेको थियो। रिहा भए लगत्तै उनलाई भक्तपुर लगिएको थियो। काठमाडौं प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दामा समेत कारबाही अघि बढाएको छ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर