राससको महाप्रबन्धकमा सन्दीप राई नियुक्त

काठमाडौँ, २७ साउन / राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा सन्दीप राई नियुक्त भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।
मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत अन्तर्वार्ता र प्रस्तुतीकरणको आधारमा तीन जनाको नाम सिफारिस सूचीमा पठाएको थियो। सो सूचीमा राईसँगै दाङका टीका बस्नेत र हुम्लाका नवराज महतारा रहेका थिए। अन्ततः मन्त्रिपरिषद्ले राईलाई महाप्रबन्धकमा चयन गरेको हो।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका पाँचथर निवासी राई लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका छन् र यसअघि पनि विभिन्न सञ्चार संस्थामा नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेका छन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया