अनेरास्ववियु सिन्धुलीको १६औँ सम्मेलन भदौमा, संयोजक दोङ

सिन्धुली, २५ साउन / सत्तारूढ नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुलीको १६ औँ जिल्ला सम्मेलन आगामी २०८२ भदौ २६ र २७ गते हुने भएको छ।
कार्यवाहक अध्यक्ष ललित रजन मगरको अध्यक्षतामा आइतबार सिन्धुलीमाढीमा सम्पन्न विशेष भेलाले १५औँ जिल्ला सम्मेलनबाट निर्वाचित कमिटी भंग गर्दै जिल्ला सचिव अजय दोङ तामाङको संयोजकत्वमा ५५ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको हो।
अध्यक्ष प्रशान्त लुङ्गेली अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि उनले उपाध्यक्ष ललित रजन मगरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए।
विशेष भेलामा जिल्लास्तरीय पदाधिकारी, सदस्य तथा इकाइ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बिद्यान त १/१ बर्षमा हुनुपर्ने अधिवेशन दुई बर्षपछि हुन लागेको हो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया