ओली राष्ट्रको आवश्यकता, चुनौती सामना गर्ने सक्षम एक मात्र नेता – अध्यक्ष पाण्डे

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रको आवश्यकता भएको बताएका छन्।
शुक्रबार कञ्चनपुरमा सम्पन्न प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष पाण्डेले वर्तमान राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न सक्षम एक मात्र नेता ओली भएको दाबी गरे।
उनका अनुसार, “अहिलेको चुनौतीलाई दृढ, स्पष्ट र निडर नेतृत्वले मात्र पार गर्न सक्छ, र त्यो नेतृत्व ओलीसँग छ।”
चौतारीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले प्रविधि र ‘न्यू मिडिया’ मैत्री पत्रकारिता युगको आवश्यकता भएको उल्लेख गरे। समयसँगै समायोजन हुने, समाजको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने र विश्वासिलो सूचना प्रवाह गर्ने पत्रकारिता नै प्रेस चौतारीको मूल लक्ष्य भएको उनले स्पष्ट पारे।
“त्यो लक्ष्य प्राप्तिका लागि हामी यात्रा गरिरहेका छौं, र यसको अगुवाइ प्रेस चौतारीले नै गर्नुपर्छ। नेपाली पत्रकारिताको दिशा–निर्देशन गर्ने क्षमता र योग्यता हामीसँग छ, र यसलाई निरन्तरता दिनेछौं,” अध्यक्ष पाण्डेले जोड दिए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया