बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले लिए शपथ, कांग्रेसबाट दुई मन्त्री नियुक्त

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

हेटौँडास्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

संविधानको धारा १६८(२) बमोजिम गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री हुन्।

मुख्यमन्त्री बानियाँले नेपाली कांग्रेसबाट दुई मन्त्री नियुक्त गरिसकेका छन्। कांग्रेसबाट कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शिवराज अधिकारीलाई बिना विभागीय मन्त्रीको रूपमा नियुक्त गरिएको छ।

बागमती प्रदेशमा कुल १४ मन्त्रालयमध्ये कांग्रेसको भागमा ७ मन्त्रालय परेको छ। तर, अहिले पहिलो चरणमा दुई मन्त्री मात्रै नियुक्त गरिएका छन्। बाँकी ५ मन्त्रालय मुख्यमन्त्री बानियाँले हाललाई आफैं मातहत राखेका छन्। नवनियुक्त मन्त्रीहरूले पनि मंगलबार नै शपथ लिएका छन्।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर