बागमतीमा एमालेको मन्त्री सूची सार्वजनिक, किरण थापा पुनः स्वास्थ्यमन्त्री

हेटौंडा, २० साउन । नेकपा एमालेले बागमती प्रदेशमा कांग्रेसका इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारका लागि पठाउने मन्त्रीहरूको टुंगो लगाएको छ। पार्टीले ६ मन्त्रालयको जिम्मेवारीका लागि नाम सिफारिस गर्दै सूची सार्वजनिक गरेको हो।
एमालेले पाँच नयाँ अनुहारसहित एक पुरानोलाई दोहोर्याउने निर्णय गरेको छ। स्वास्थ्यमन्त्रीको जिम्मेवारी यसअघि पनि सम्हालेका किरण थापा मगर फेरि दोहोरिने तय भएको हो।
एमालेले सिफारिस गरेका मन्त्रीहरू यसप्रकार छन्:
- किरण थापा मगर – स्वास्थ्य मन्त्री (पुनः नियुक्त भक्तपुर)
- जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्री (काठमाडौँ)
- भरतबहादुर केसी – वन तथा वातावरण मन्त्री (दोलखा)
- मधुसुधन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्री (ललितपुर)
- डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्री (काठमाडौँ)
- बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री (काठमाडौँ)
यसअघि कांग्रेस संसदीय दलको नेताबाट बाहिरिएका बहादुरसिंह लामाले पार्टीको दबाबमा मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने तयारीमा छन्। लामाले राजीनामा दिनुअघि नै बानियाँ दलको नेता चयन भइसकेका थिए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया